कला

पत्रकार भट्टराई ‘पाखे’ को निधन

पत्रकार रमेशप्रसाद भट्टराई ‘पाखे’ को ७५ वर्षको उमेरमा गते पौष १९ गते बेलुकी साढे आठ बजे आफ्नी जेठी छोरी रश्मिको भक्तपुर ठिमीस्थित डेरामा निधन भएको छ।

उनी मधुमेह र पेटको रोगबाट पीडित थिए। ‘पाखे’ उपनामले चिनिएका उनले पत्रकारितामा सक्रिय जीवन बिताएका थिए। विराटनगरलाई आफ्नो कार्यक्षेत्र बनाएर उनले ‘फेवा’ पत्रिकाको सम्पादक र गोरखापत्र तथा राष्ट्रिय समाचार समितिको सम्वाददाताको रूपमा पनि पत्रकारिता गरेका थिए।

बनारसमा उनको अभिभावक ‘युगवाणी’ को प्रकाशनमा संलग्न थिए। त्यसैले उनले सानै छँदादेखि पत्रकारिताका विविध पक्ष बुझ्ने मौका पाएका थिए।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले बनारसमा छोडेका कागजपत्रबाट लेखोट संकलन गरी उनले ‘भावना गाङ्गेय’ नामक कविता संग्रह समेत छापेका थिए। दुई बिहे गरेका उनका  पहिली श्रीमतीबाट एक छोरा, तीन छोरी छन् भने दोस्रोबाट एक छोरा छन्।

प्रकाशित: २८ पुस २०७८ ०२:५४ बुधबार

मधुमेह र पेटको रोग ‘युगवाणी’ को प्रकाशन ‘भावना गाङ्गेय’ नामक कविता संग्रह