कला

लाकोजूको ‘मकरको कथा’ दोस्रो संस्करण बजारमा

साहित्यकार सूर्यप्रसाद लाकोजूको कृति मकरको कथा र स्टोरी अफ मकरको दोस्रो संस्करण बजारमा आएको छ।

लामो समयदेखि नेपाली भाषा र साहित्यमा सक्रिय रहँदै आएका लाकोजूले बालबालिकाहरूलाई पुराना आख्यान, संस्कृति आदिको जानकारी दिन  लेखिएको सो पुस्तक नेपाली र अंग्रेजी भाषामा  प्रकाशित छन्। पुस्तक पनौतीमा यो वर्ष लाग्ने १२ वर्षे मकरमेलाको सन्दर्भ मिलाएर प्रकाशन भएको छ। पुस्तकमा कथाको विषयवस्तु अनुसारको चित्र राखिएका छन्। प्रकाश रंजितको चित्र रहेको उत्त पुस्तक आकर्षक देखिन्छ।

दुई दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद  कथा जस्ता विधामा कलम चलाउँदै आएका छन्। लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत क्रियाशील रहँदै आएका छन्।

प्रकाशित: २६ पुस २०७८ ०४:१० सोमबार

अक्षर