कला

सानै झिल्काले पनि बस्ती खरानी हुनसक्छ

मुक्तक

प्रकाश घायल

१) मुक्तक

सानै झिल्काले पनि बस्ती खरानी हुनसक्छ,

अरूलाई होच्याउने कसैको बानी हुनसक्छ।

चुरीफुरी लगाएर हिँड्ने गाडो तन्नेरीहरूको,

होच्याउनु गिज्याउनु नै खान्दानी हुनसक्छ।

  २) मुक्तक

हिलोमा  कमल गुराँस भीरमा फुल्छ,

यी नयन सधैं  तिम्रो तस्वीरमा भुल्छ।

कसरी बुझाउनु चञ्चले यो मनलाई,

मन त सधैं ती नजरको तीरमा डुल्छ।

 ३) मुक्तक

हतारिन्छ्यौ सधैं बुझ्नलाई अरूको राज तिमीले,

उदांगो धरातलमा उभिँदा छोप्नुपर्छ लाज तिमीले।

अरूको अनुहारमा हिलो छ्याप्ने काम कहिले नगर्नु,

भव्य शुभकामना! प्रसंसाको पहिरिनु ताज तिमीले!

 ४) मुक्तक

व्यवहार रूखो भए नि शालीनता बँँचाएर राख्नुस्,

त्यो छातीभित्र छ भने मानवता बचाएर राख्नुस्।

सीसाको घरमा बस्नुहुन्छ अन्त ढुंगा हान्नुहुन्छ,

बँचाउनै धौधौ पर्ला नि नैतिकता बँचाएर राख्नुस्।    

प्रकाशित: १२ पुस २०७८ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App