कला

तिमी सम्झिने मात्र कुरा गर्छौ

गजल

समीर दाहाल

तिमी सम्झिने मात्र कुरा गर्छौ यो मुटु त्यसै जलिदिन्छ अचेल,

मलाई बिर्सियौ है भन्छौ तिम्रै यादहरूको भिडमा यो मन गलिदिन्छ अचेल।

एकान्त अँध्यारो एक्लोपन नै प्यारो लाग्छ धेरै मलाई,

तिम्रै रूप र सुन्दरताको बयानको शब्दहरूमा कलम चलिदिन्छ अचेल।

तिमीदेखि अलिक टाढा नै बस्न मन लाग्या छ केही दिन,

तिमी नजिक हुँदा समाजमा कुरा आगो जसरी बलिदिन्छ अचेल।

तिम्रै सम्झनामा बाँच्ने एउटा आदत भइसकेको थियो मेरो,

तिम्रो बोलीको तीखा वचनले यादहरू नि अब त छलिदिन्छ अचेल।

प्रकाशित: १२ पुस २०७८ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App