पौडेल केशव प्रसाद
कुनै बेला जिन्दगी
आमाकै काखमा हुन्छ
रमाएकै था हुँदैन
कुनै बेला जिन्दगी
धर्तीकै आँगनमा हुन्छ
बोधावबोध घमासान
चिन्तार्थ ध्वानित्व दर्शिन्छ
दु–सुखान्त अलमलिन्छ
कुनै बेला जिन्दगी
आफ्नै हातमा रुमलिन्छ
मित्र–त्रु अन्जान साथिन्छ
नयाँ त्रासादी भेटिन्छ
नबुझे जाने जिन्दगी
त्यही त्यत्तिकै मेटिन्छ
कुनै बेला जिन्दगी
समाजमा पछारिन्छ
उठाउनेभन्दा लडाउने
साँच्चै बढी भेटिन्छ
कुनै बेला जिन्दगी
घमण्डाखार्थ भेटिन्छ
दबाशोषणको जालमा
नमजाले गिजोलिन्छ
दारा कोखामा राखी
कसैले कुनै बेला
परलोक पुर्याउँछ
कुनै बेला जिन्दगी
मुर्खार्थातमा सुम्पिन्छ
बर्षौ निर्सासुमा डुबिन्छ
नरकार्ग कोठरीमै पुगिन्छ
त्यही जिन्दगी कुनै बेला
दुई जोडाठहाते बाँसारथि
प्रेताशन्नाटामा बिच्छिन्छ
न जिन्दगी नदेखिन्छ
न जिन्दगी भेटिन्छ
खालि स्वार्थी संसारको
मायाजालो मेटिन्छ
अरब खोस्टे सबै यतै
तिलाञ्जलि चढाउँदै
केवल नाङ्गै ढलिन्छ
केवल
निर्वस्त्रास्वास रित्तिन्छ
अहंकाराय स्वाहा
दम्भान्तहेतु
मोक्षासन हेतु
लीला जीवन्त मेटिन्छ
शून्यान्त त्यही लेखिन्छ
तिलाञ्जली त्यही विसर्जिन्छ
भयाकारान्त
देखिन्छ
दुखान्त क्षणिक बौरिएर
स्मरणामीत्व
प्राप्तिन्छ
विहीनता
बाँकी भेटिन्छ।
प्रकाशित: ५ पुस २०७८ ०६:२९ सोमबार