कला

भक्तपुरमा राष्ट्रिय गीत गायन प्रतियोगिता

भक्तपुरका संस्थागत विद्यालयहरुको संगठन इप्सनले राष्ट्रिय गीत गायन प्रतियोगिता गरेको छ।भक्तपुरको चाँगुनारायण नगरपालिका  वडा नं. ६ नगरकोट फेदीको क्वालिटी सेकेन्डरी स्कुलको समन्वयमा राष्ट्रिय गीत गायन प्रतियोगिता भएको हो।

विद्यार्थी तथा नयाँ पुस्तामा राष्ट्रिय भावना विकासमा सहयोग गराउनका लागि सो प्रतियोगिता गरिएको क्वालिटी सेकेण्डरी स्कुलका प्रिन्सिपल जीबी खड्काले बताए।

‘अहिलेका नयाँ पुस्तामा देशप्रतिको प्रेम घट्दो छ, पढाइ सकाएर विदेश जाने प्रवृत्ति बढ्दो छ’, उनले भने, ‘हामीले विद्यार्थीमा देशप्रेमको भावना जागृत गराउनका लागि यो गायन प्रतियोगिता गरेका हौं।’

कूल १० विद्यालयको सहभागिता रहेको सो प्रतियोगतामा भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित इडेन गार्डेन स्कुलका स्वर्णिम कार्की प्रथम भएका थिए।

प्रतियोगितामा सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोलस्थित ग्लोबल एकेडेमीकी प्रतीका बस्नेत द्वितीय, गुण्डुको हिमाल एकेडमीका अमुघ थापा तृतीय र भक्तपुर नगरपालिका हनुमानघाटस्थित सूर्योदय मािवकी सकिरा प्रजापति सान्त्वना भएकी थिइन्।

गायन प्रतियोगितामा भक्तपुर सांगितिक समाजका प्रतिनीधिहरुले निर्णायकको भूमिका निर्वाह गरेका थिए। उनीहरुलाई एक समारोहबीच पुरस्कृत समेत गरिएको छ। सोही अवसरमा इप्सन भक्तपुरले गत साउनमा भर्चुअल रुपमा गरेको वक्तृत्वकला प्रतियोगिताका विजयीहरुलाई समेत पुरस्कृत गरिएको आयोजकले जनाएको छ।

सो प्रतियोगितामा इडेन गार्डेन स्कुलकी सुप्रिया श्रेष्ठ प्रथम, एडिना गुरुङ द्वितीय र क्वालिटी स्कुलकी अमिता कार्की तृतीय र आयुषा नेपाल सान्त्वना भएकी थिइन्।

प्रकाशित: २९ मंसिर २०७८ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App