कला

छोएर जानेहरू

छोटो कविता

रमेशचन्द्र अधिकारी

मलाई छोएर जानेहरू 

आँखाको डिलै डिल भएर गए।

आँखाबाट भुइँमा खस्नेहरूले

भिन्नाभिन्नै पिँजराभित्र

भिन्नाभिन्नै नक्साहरू कोरेर गए।

आँखाको रेटिनामा हेर्नुस् त

परेलीमा नअटाएका गीतहरूले

यिनै उल्टा तस्वीर छाडेर गए।

प्रकाशित: २१ मंसिर २०७८ ०६:५९ मंगलबार

अक्षर