कला

जब उनले मुस्कुराउँछिन् घरकै मन्दिर पनि विन्द्रावन लाग्छ

गजल

समीर दाहाल

कहिलेकाहीँ उनकै सुन्दरताको बयानमा हराउन मन लाग्छ, 

सुन्दरताले उनी यति परिपक्व छिन् कि राम्रीमा नि राम्री झन् लाग्छ।

आफ्नो रूपमा आफै उनी यति नै सारै मस्त छिन कि, 

जब उनले मुस्कुराउँछिन् घरकै मन्दिर पनि विन्द्रावन लाग्छ।

दुखमा नि साथ दिने कुरा गर्छिन् अनि सुखमा पनि,

यस्तैयस्तै कुरा सुनिरहँदा अझै नजिकको आफ्नोपन लाग्छ।

जति सुने नि बोलीमा उनको मधुरता छाएजस्तो लाग्ने मलाई,

जब उनले दुख लुकाएर हाँस्छिन् भ्रष्टाचारको कालो धनजस्तो लाग्छ। 

प्रकाशित: १७ मंसिर २०७८ ०४:५९ शुक्रबार

अक्षर