कला

कवि तथा गीतकार परीक्षित सम्मानित

कवि तथा गीतकार प्रेम राई परीक्षित सिद्धार्थनगर, उत्तर प्रदेश,भारतको अन्तर्राष्ट्रिय तथागत सृजन सम्मानबाट  सम्मानित भएका छन्।

सिद्धार्थ तथागत कला साहित्य संस्थान, सिद्धार्थनगर, उत्तर प्रदेश, भारतले कविता तथा गीतको माध्यमबाट साहित्य सेवामा समर्पित भएको भन्दै कवि तथा गीतकार परीक्षितलाई अन्तर्राष्ट्रिय तथागत सृजन सम्मानबाट गरेका हुन्।

राज्यको आँखामा नपरेका एक सिमान्तकृत साहित्य साधक  परीक्षित शिक्षण पेसामा आबद्ध छन्। उनका विषयवस्तुको गहिराइमा लेख्नु उनको लेखकीय विशेषता रहेको छ।

प्रकाशित: १६ मंसिर २०७८ ०२:०६ बिहीबार

अक्षर