कला

मेरो माया पनि तिम्रै नाउँमा

गीत

एन बी दाहाल नबीन

दमक बजारको घुमघाम फगत एक्लै घुमे,

तिमीलाई मनमा राखेर म अभागी एक्लै रमे।

आउँछ्यौ भन्थ्यौं तिमी साँझपख पर्खेर बसें दोबाटोमा,

लाउँछु भन्थ्यौ तिमी मसंग पीरति सबै गोरेटोमा।

अँध्यारो भयो सबैतिर उता उज्यालो हराइसक्यो,

मनको सन्तोष भेट हुन्छ भन्दै यता यो तन डराइसक्यो।

असारे झरी बनेर मेरै गाउँमा बर्सिदेऊ न कताकता,

मेरो माया पनि तिम्रै नाउँमा राखिदेऊ न जतातता।

 –कमल गाउँपालिका –२, तोपगाछी, दाहालगाउँ,झापा।

प्रकाशित: १५ मंसिर २०७८ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App