कला

आउँछौ कि भन्ने आशा बोकी दिलधड्कन रोकी बस्छु

गीत

प्रतिमा तामाङ

म त मात्तिएछु तिम्रै मायामा,

छेउ आउँदा आत्तिएँछु तिम्रै छायामा।

दुई दिने जिन्दगीको के भरोसा छ,

नआत्तिनु मायालु तिम्रै आशा छ।

खोलावारि खोलापारि दुई दिलको मिलन भो,

भुल्नै नसकिने अनौठो मनको मिलन भो।

आधी रातमा कुरी बस्छु,तिम्रै बाटो हेरी बस्छ।

आउँछौ कि भन्ने आशा बोकी, दिलधड्कन रोकी बस्छु।

मन्द शीतल हावासित झुम्न मन लाग्छ,

टाढा कतै तिमीसित घुम्न मन लाग्छ।

प्रकाशित: १५ मंसिर २०७८ ०४:२५ बुधबार

अक्षर