कला

यही छातीमा हिमाल

राष्ट्रिय गीत

भुवन शिवाकोटी चौघरे

 

यही छातीमा हिमाल यही छातीमा पहाड,  

यही छातीमा तराई हाम्रो प्यारो देश नेपाल।

 

यही हिमाली टाकुरामा डाँफे चरी नाच्छन् ,

यही पहाडमा डालीडाली सुनाखरी हाँस्छन्।

यही छातीमा हिमाल यही छातीमा पहाड,

यही छातीमा तराई हाम्रो प्यारो देश नेपाल।

 

सयैं जाति भाषा धर्म हाम्रो भेष भए पनि,

अलगअलग रीतिथिति आफ्नै कर्म भए पनि।

यही छातीमा हिमाल यही छातीमा पहाड,

यही छातीमा तराई हाम्रो प्यारो देश नेपाल।

प्रकाशित: ६ मंसिर २०७८ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App