कला

बालकथा संग्रह छिरविरे छाताको विमोचन

शीला सैजू ‘शितल’द्वारा लिखित बालकथा संग्रह ‘छिरविरे छाता’ को भक्तपुरमा विमोचन गरिएको छ।

डा. रामचन्द्र पाण्डे र ध्रुब मधिकर्मीले संयुक्त रुपमा संग्रहको विमोचन गरे। कथा संग्रहमा ‘छिरविरे छाता’ र ‘जुम्ल्याहा खरायोको भविष्य’ गरी दुई वटा बाल कथा समावेश छन्। कथा संग्रह १८ पृष्ठको रहेको छ।

कथा संग्रहको प्रकाशन सिर्जना अभियानले गरेको हो। संग्रहको मूल्य ६० रुपैयाँ तोकिएको छ। कार्यक्रममा लेखिका सैजूले पुस्तक भक्तपुरका स्कुलहरुलाई निःशुल्क वितरण गर्ने उद्घोष गरिन् ।

विद्यार्थीको प्रेरणाका लागि कथा संग्रहको लेखन गरेको उनले सुनाइन्। लेखिका सैजूको यो पहिला कृति हो।

भक्तपुरमा जन्मेकी लेखिका सैजू परिवारसहित क्यानडा बस्दै आएकी छिन्। उनी नेपाल आएको मौका पारी पुस्तक प्रकाशन गरेको हो। उनी द हिमालयन टाइम्स अंग्रेजी दैनिककी पूर्व पत्रकारसमेत हुन्।

प्रकाशित: ४ मंसिर २०७८ ११:२५ शनिबार

बालकथा