कला

मायालु छ्यौ तिमी

गीत

होमनाथ खनाल

बोली मिठो स्वभाव राम्रो, राम्रो तिम्रो बानी,

आँखाकी नै नानी भाछ्यौ, मायालुकी खानी।

जति बोल्यो जति हेर्‍यो, नथाकिने कहिलै,

याद तिम्रै आइरहने, जुनबेला नि जहिलै।

बसाइँ टाढा भए पनि, मन छैन टाढा,

यो जीवनमा तिमी कहिलै, हुने छैनौ टाढा।

तिम्लाई सम्झी जति लेखें, थोरैजस्तो लाग्यो,

तिमीसँगको भेटले सबै, दुःख टाढा भाग्यो।

अचानक झुल्केकीथ्यौ, कुनै एकदिन,

त्यो दिन नि सम्झी ल्याउँदा, लाग्छ ऐले छिन।

छोराछोरीरजस्तै तिमी, मायालुकी खानी,

सबैभन्दा धेरै माया, पाउने तिमी सानी।

प्रकाशित: ३ मंसिर २०७८ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App