कला

चलचित्र ‘घुँइचो’ मा एलिजा गौतम

ऋषि धमला पत्नी एंव कलाकार एलिजा गौतम नयाँ चलचित्र ‘घुँइचो’ मा अनुबन्धित भएकी छिन्। आर.जे म्युजिक एण्ड मिडियाको ब्यानरमा रामजी दैलेखीले निर्माण गर्न लागेको फिल्म ‘घुँइचो’मा एलिजाले मुख्य भुमिका रहने छ। 

फिल्मको कथा मन परेर काम गर्न तयार भएको एलिजाले बताएकी छिन्।

चलचित्रमा दुर्गम गाउँदेखिका युवाको अमेरिकासम्मको यात्राको कथा रहेको निर्माण पक्षले जनाएको छ।

एलिजाको यो दोस्रो चलचित्र हो। उनले पहिलो पटक ‘अनुराग’ फिल्ममा अभिनय गरेकी थिइन्। उनले केही महिना अगाडि चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन्। तर, पछि उनले यो चलचित्र छोडेकी थिइन्।

प्रकाशित: १ मंसिर २०७८ १०:३५ बुधबार

चलचित्र ‘घुँइचो’ मा एलिजा गौतम