कला

सोखले कहाँ गर्‍या हो र सन्ध्यामा प्यूने बानी

गजल

चिरञ्जीवी ढकाल

अनगिन्ती सपनाहरू, बोकेको छु के गरौँ?

पूरा हुँदैनन् भित्रभित्र, रोकेको छु के गरौँ?

कहिलेकाहीँ निकै, बरालिन खोजेझैँ गर्छन्,

बाँधी राख्न मनमा किला, ठोकेको छु के गरौ?

चुट्नसम्म चुटेको छ, झरीले नांगो आङमा,

निमोनिया भा’छ ज्यानमा, खोकेको छु के गरौँ?  

धित मारी सास फेरौँ, सकिन्छ कि डर लाग्छ,

कति फेर्ने इन्द्रियलाई, तोकेको छु के गरौँ?

सोखले कहाँ गर्‍या हो र सन्ध्यामा प्यूने बानी,

दुःख भुली ज्यूने आसमा, धोकेको छु के गरौँ?

प्रकाशित: ३० कार्तिक २०७८ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App