कला

मास्केको जी क्याफे मन्त्र

काठमाडौं बौद्धस्थित जी क्याफेका सञ्चालक विश्व मास्के जहिल्यै विभिन्न स्वादका परिकार र बेकरी उत्पादनमा रुचि राख्छन्। आफ्नो क्याफेको वातावरण लोभलाग्दो बनाउनु पनि उनको विशेषता हो।

उपभोक्तालाई सस्तो मूल्यमा अन्तर्राष्ट्रियस्तरको क्याफेको स्वाद दिँदै आएको जी क्याफे भक्तपुर–३, बाराहीस्थानमा पनि खुलेको छ। यहाँ एउटो परिकारको मूल्य न्यूनतम ५० रूपैयाँदेखि बढीमा चार सय ५० रूपैयाँसम्म मात्र छ।

क्याफेमा पार्किङका साथै बालबालिकालाई खेल्ने ठाउँको व्यवस्था पनि छ। क्याफेमा एकैचोटि एक सयजना भन्दा बढी ग्राहकलाई सेवा दिन सक्ने क्षमता छ। क्याफे प्रत्येक दिन बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्छ।

‘यहाँ खान आउने उपभोक्ता आफ्नो स्वास्थ्यका निम्ति ढुक्क हुन सक्छन्,’मास्के भन्छन्,‘वर्षाैं अनुसन्धान गरेर बनाइएका कारण यहाँका परिकार फरक छन्।’

खानेकुराको आधिकारिक स्वादका निम्ति उचित परिणाममा सामग्रीको मिलावट र तापक्रम आवश्यक हुन्छ। यस्ता पक्षमा ध्यान दिन मास्के माहिर मानिन्छन्। उनी स्वास्थ्य मापदण्डलाई पालना गर्दै तेलको प्रयोग गर्छन्। व्यापारभन्दा उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने गरेको उनी बताउँछन्।

क्याफे काठमाडौंकी ७९ वर्षीया पूर्णदेवी मास्केले सञ्चालनमा ल्याएकी हुन्। क्याफेमा ग्राहकले अर्डर गरी पैसा तिरेर आफैं सेवा लिनुपर्र्ने व्यवस्था छ।

क्याफेका निर्देशक हुन्, विश्व मास्के। उनले अब यसलाई देशैभरि विस्तार गर्ने योजना रहेको जानकारी दिए।‘अब छिटै काठमाडौं उपत्यकाबाहिर हेटौँडा,नारायणगढ लगायत नगरमा क्याफे सञ्चालनमा ल्याउने योजनामा छौँ,’ उनले भने।

क्याफेको मुख्य विशेषता अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको खाना नेपाली भाउमै उपलब्ध हुनु रहेको उनले बताए।‘बिक्री परिणाम बढाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको खानाको परिकार नेपाली मूल्यमै दिने बजार नीति भएका कारण अन्तर्राष्ट्रिय स्तरका खाना नेपाली मूल्यमै मिलेको हो,’उनले भने।

क्याफेमा तरकारी धुनेदेखि पकाउने लगायत काममा गुणस्तर र सफाइमा ध्यान दिने गरेको विश्व बताउँछन्।पकाउन र अन्य तयारीका लागि चाहिने मेसिन किन्नु उनको सोख रहँदै आएको छ।  

क्याफेमा विशेषगरी पिज्जा, बेकरी, मःम,थुक्पा,नुडल्सका परिकार,स्यान्डविच, बर्गरका विभिन्न किसिम पाइन्छन्।खानामा अजिनोमोटाको प्रयोग नगर्नु क्याफेको अर्काे एउटा फरकपना हो। खानाका परिकारलाई स्वादिलो बनाउन अरू विभिन्न उपाय प्रयोग गर्ने गरिएको छ।

नाम मात्र नभई साँचो अर्थमा फास्टफुडको उदाहरण बन्न आफ्नो क्याफे प्रयत्नरत रहेको मास्केले बताए। ‘सहरमा बसेर पनि स्तरीय खाना नपाइने देखेपछि क्याफे संस्कृतिमै परिवर्तन गर्न चाहेका छौं,’ मास्केले भने। जी क्याफे ब्रान्डमा पिज्जालय, डोनट ड्रिम्स्,र्‍याप एन्ड रोल लगायत छन्।

प्रकाशित: २७ कार्तिक २०७८ ०३:३९ शनिबार

जी क्याफे विश्व मास्के