कला

एलिजा गौतमलाई उत्कृष्ट मोडल अवार्ड

मोडल एंव ऋषि धमला पत्नी एलिजा गौतमले उत्कृष्ट मोडल अवार्ड पाएकी छन्। विराट मिडिया नेटवर्कले गौतमलाई ‘आटो पिठो’ गीतबाट उत्कृष्ट मोडल घोषणा गर्दै उक्त अवार्ड दिएको हो।  

विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ  ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको हो। अवार्डमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो। 

उक्त अवार्ड पाएपछि गौतमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज धेरै खुसी छु, बिराट फ्लिम्स अवार्ड बाट “आटो पिठो“ गीतमा उत्कृष्ट मोडलबाट अवार्ड पाएको छु, तपाईहरुकै माया र साथको कारण अगाडि बढ्न सकेको छु, अनबरत रुपमा यस्तै माया पाईराखु ,सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु।'

प्रकाशित: २६ कार्तिक २०७८ ०७:४१ शुक्रबार

एलिजा गौतम ऋषि धमला पत्नी उत्कृष्ट मोडल अवार्ड