कला

भेट पनि कति मीठो लाग्छ आजभोलि

गजल

समीर दाहाल

तिम्रो मायाको अगाडि म झुक्न थालिसके,

उपहारमा दिएको फूल सुक्न थालिसके।  

भेट पनि कति मीठो लाग्छ आजभोलि,

भेट्न आउँदा समाजदेखि लुक्न थालिसके।

एक्लै हिँड्दा साथीहरूले जिस्काउँछन् अचेल,

किन–किन दुनियाँमा चुक्न थालिसके।

यस्तैयस्तै कुराले पागल बनाउँछ कि के हो,

तिमी आउने बाटो ढुक्न थालिसके। 

प्रकाशित: २६ कार्तिक २०७८ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App