कला

‘मुन्द्रेको कमेडी क्लब’ सधैंको लागि बन्द

हास्यकलाकार जितु नेपालले सन्चालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ सधैको लागि बन्द भएको छ। 

संचालक जीतु नेपालले सोमबार पत्रकार भेटघाट गर्दै शो सधैंका लागि बन्द गर्ने घोषणा गरेका हुन्। मनोरन्जनात्मक कार्यक्रमले १ सय ३२ श्रंखला पुरा गरेर बन्द भएको छ।

जितुले फुलन्देको आमा (उमेश राई) क्लब छाडेर अन्त्यै काम गर्न लाग्नुलाई मुख्य कारण भएको भन्दै अन्य कारणले पनि थप समस्या आइपरेको पत्रकारहरुसँगको कुराकानीमा बताए।

शो लाई निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाई अर्को टेलिभिजन शो घोषणा गरेपछि आफूले ‘मुन्द्रेको कमेडी क्लब’लाई बन्द गर्ने निर्णय लिएको नेपाल बताए। उनले स्क्रिप्ट लेखन, अतिथि बोलाउने तथा पैसा जुटाउने सबै काम आफैले गर्दै आएका थिए।

प्रकाशित: २३ कार्तिक २०७८ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App