कला

कस्तो राम्रो,कस्तो मिठो,कस्तो सुन्दर माया

गीत

होमनाथ खनाल

मनको आकाश खुला थियो, छेक्ने थिएन केही,

हाँसेको थियो यो मन सधैं, चिन्ता थिएन केही।

बादल थिएन आकाशमा, घाम लागेको थियो,

प्रकृतिको सौन्य झन्, बढ्दै गा’को थियो।

वारिपारि छर्लंग, छेक्या थिएन केहीले,

हृदयको कुनाकुना हाँसेको, थियो जहिले।

कस्तो राम्रो कस्तो मिठो, कस्तो सुन्दर माया,

जिन्दगीभर कहिलै पनि, नपरोेस् है छाया।

त्यो मन हाँसोस् सधैभरि, प्रसन्न होस् मन,  

संसारमा शान्तिभन्दा,छैन ठूलो धन।

जहाँ छ माया हुन्न त्यो छाया, बादल आए पनि,

अमरअमर भई बाँच्छ, साँचो माया अनि।

मायालु छ दयालु छ, कोमल तिम्रो मन,  

तिम्रो उच्च सोचको सधैं, सम्मान गर्छन् जन।

भगवानको दया रहोस्, दुःख नहोस् कहिलै,

सोचेका सपना पूरा होऊन, खुश होस् मन जहिलै।

प्रकाशित: २३ कार्तिक २०७८ ०३:२५ मंगलबार

अक्षर