कला

लेखनाथमा क्लासिक टेकको आउटलेट

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा सुरु गरेको छ। कम्पनीले लेखनाथ आसपासका ठाउँमा सेवासुविधा बढाउने उद्देश्यले थप सेवा सुरु गरेको हो।

कम्पनीले कोरोना महामारीको समय अनि लकडाउनपछिको छोटो समयमै तीव्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट विस्तार गर्दै गएको जनाएको छ। आउटलेटमा बिलिङ, कस्टमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिङ स्टाफ राखिएको छ।

कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट छिटो र छरितो बनाउन आउटलेट खोलेको हो। कम्पनीले ७४ जिल्लामा कर्पोरेट र बैंकहरूलाई इन्टरनेट तथा इन्ट्रानेट सेवा दिँदै आइरहेको छ।

प्रकाशित: १७ कार्तिक २०७८ ०२:५७ बुधबार

कोरोना महामारी कोरोना महामारी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक कस्टमर सपोर्ट