कला

म रुँदा रूँदै आँसु मेरा सबै रित्तिसकें

गीत

एन. वी. दाहाल नविन

 

म रुँदाँंदै आँसु मेरा सबै रित्तिसकें,

मेरो तिमी भन्दाभन्दै म आफै सकिसकें।

कति व्यस्त हुन्छ्यौ तिमी कति गलेकी छ्यौ,

कति चुस्त हुन्छयौ तिमी कति जलेकी छयौ?

प्यारी तिमी मनभरिकी तनभरिकी तिमी,

प्रिय तिमी सधैंभरिकी जीवनभरिकी तिमी।

अघिदेखि हेरिरहें यहाँ मैले तिम्रा ती रूपहरू,

अति मिठो लाग्छ सबै मलाई तिम्रा ती धुपहरू।

प्रकाशित: १६ कार्तिक २०७८ ०६:५० मंगलबार

अक्षर