छैन रहेछ मेरो लागि दुख्ने मुटु पनि,
कति हाँस्छौ म रुँदा नि ढुंगाजस्तै बनी।
थाहै छैन कता गयौ दोबाटोमा छोडी,
जोवन मेरो बितिगयो तिमीलाई खोजी।
यो मन दिएँ विश्वास गरें सधैं आफ्नो ठानी,
कति हाँस्छ्यौ म रुँदा ढुंगाजस्तै बनी।
फूलको थुँगाजस्तै तिमी हाँसीखुसी हुनू,
भन्दिनँ म बिर्से पनि सम्झी मलाई रुनू।
कति थिए मेरो निम्ति चोखो मनको धनी,
कति हाँस्छ्यौ म रुँदा ढुंगाजस्तै बनी।
प्रकाशित: १२ कार्तिक २०७८ ०७:२५ शुक्रबार