कला

प्रतिपक्षी कलम सार्वजनिक

स्तम्भकार लक्ष्मणराज जोशी (जोरालंं) द्वारा लिखित लेखहरुको संग्रहलाई पुस्तक आकार दिइएको छ। प्रतिपक्षी कमल नामाकरण गरी त्यसलाई मंगलबार सार्वजनिक गरिएको छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले पुस्तकको एक कार्यक्रमबीच लोकार्पण गरे। पुस्तकमा स्तम्भकार जोरालले लेखेका दुई दशकभन्दा अगाडिका लेखहरु समावेश छन्।  

लेखकका श्रमिक साप्ताहिक र मजदुर दैनिकमा छापिएका लेखहरु पुस्तकमा समावेश छन्। पुस्तकको मूल्य तीन सय रुपैयाँं राखिएको छ।

प्रकाशित: २७ आश्विन २०७८ १३:४३ बुधबार