कला

मान्छे

कविता

ईश्वरी कार्की वर्षा

 

आधा कुरा सुनेको भरमा

बनाउँछ

अरूका बारे धारणा

फुर्सद हुँदैन कि

हुँदैन रुचि  

अरूका पूरा कुरा सुन्ने  

अरूका दुःखपीडा  

बुझ्ने।

 सधैं आफैंलाई मात्र ठान्छ

महत्त्वपूर्ण  

मान्छेको यस्तै  

स्वार्थी र

एक्लकाँटे प्रवृत्ति बुझेरै  

समयले दियो सजाय  

अरूसँग टाढा रहने।

दुनियाँलाई जित्ने मान्छे

समयको अगाडि  

हार खाई  

झुक्न अभ्यस्तरत छ

भाग्दाभाग्दै  

दुनियाँसँग

कस्तो भूगोल  

निमार्ण गर्छ मान्छे।

प्रकाशित: १२ आश्विन २०७८ ०४:४९ मंगलबार

अक्षर