कला

अर्को सालदेखि मखमली फुल्ने छैन

कविता

रत्नप्रसाद अनामनि श्रेष्ठ  

 

निरन्तर चलिरहेछ वार्ता

प्रगति उस्तै छ

लिने र दिनेको वासलात नमिल्दा

जनताको पुर्पुरोको हिसाब नमिलेको धेरै भयो।

गाउँबस्ती पहिरो र बाढीमा छ

काले–बिस्नेको स्कुल पनि बन्द छ।

गाउँमाथिबाट बग्ने हिजो

खुशीमा धेरै पानी बगिसक्यो।

तर जिन्दगीका दुख बगेन।

गरीबीको कारणले वास पिउँदापिउँदै

सानुचाको फोक्सो बिग्रिसके

कोरोनाको बहाना

हिजो छाडी अस्ति मात्रै लग्यो रे

बारीको पाताभरि

मखमलीको बीउ छरेको थियो उस्ले

मखमली फुलेपछि बेचेर

केही ब्याज तिरौला भन्ने सोच थियो।

यसपालि मखमली फुले पनि

अर्को सालदेखि मखमली

कहिले फुल्ने छैन।

प्रकाशित: ९ आश्विन २०७८ ०६:२१ शनिबार

अक्षर