कला

‘भूगोल’को दोस्रो वार्षिकोत्सव सम्पन्न

‘भूगोल साहित्य समाज’ले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। समाजले विशेष रचना वाचन कार्यक्रम आयोजना गरेर उत्साहका साथ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमम रामबहादुर पहाडी, बासुदेव गुरागाईँ, मुकुन्द पौडेल, जयनारायण नेपाल, रेहित सैंजु, उद्धव खनाल, हरिश्चन्द्र गौतम, मुकुन्द अर्याल, एलपी पराजुली, ओमप्रकाश आचार्य, नरराज आचार्य, महेश रिजाल, बुद्धिराज पाण्डे, दिनेशविक्रम थापा, शैलेन्द्र कुमार शाह, विनोद नेपाल जस्ता सर्जकले कविता,गजल,छेस्का,मुक्तक लगायत रचना वाचन गरेका  थिए।

प्रमुख अतिथि रामबहादुर पहाडी तथा विशिष्ट अतिथिका रूपमा टेकराज जोशी र उद्धव खनाल रहेको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गरेका थिए। कार्यक्रममा अध्यक्ष नेपालले असहज परिस्थितिकै बिच पनि भर्चुअल समेत गरी समाजले दुई वर्षमा १२ वटा साहित्यिक कार्यक्रमको आयोजना गरेको तथा दुईवटा पुस्तक समेत प्रकाशन गरेको बताउँदै  यस अवधिमा समाजलाई सहयोग गर्ने सबैप्रति हार्दिक आभार एवं धन्यवाद प्रकट गरे

स्मरणीय छ, भूगोल साहित्य समाजको गठन राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वहरूद्वारा साहित्यिक सृजनाको अभियानलाई निरन्तरता दिँदै भाषा र साहित्यको उन्नयनका लागि अघि बढ्ने र निवृत्त जीवनलाई सक्रिय राख्ने उद्देश्यले गरिएको हो । वार्षिकोत्सव समाजको दरबारमार्ग, काठमाडौस्थित कार्यालयको सभाहलमा आयोजना गरिएको थियो। यससँगै समाजले तेह्रौँ रचना वाचन श्रृङ्खला पूरा गरेको छ।

प्रकाशित: ९ आश्विन २०७८ ०५:०७ शनिबार

अक्षर