कला

भोक प्यास बिर्सिदिन्छु साथमा हुँदा फेसबुक

कविता

मेरो प्यारो साथी भन्नु ,तिमी नै हो फेसबुक

तिमीलाई भेटे देखी ,बिर्सिदिँए कोर्षबुक

दिन रात बिताइदिन्छु ,तिमीलाई हेर्दै फेसबुक

मिठा मिठा कुराकानी , उस्तै राम्रा तस्बिर

 

दङ्गै पर्छु तिमीलाई हेर्दै ,बदलिन्छ झैँ तक्दिर

पल्टाउँनै गार्हो लाग्ने ,नोटबुक अनि कोर्षबुक

एक दुई पाना नपल्टाउँदै ,याद आउने फेसबुक

भोक प्यास बिर्सिदिन्छु ,साथमा हुँदा फेसबुक

मिल्काइ दिएँ कोर्षबुक,भविष्य नै फेसबुक

जादु तिम्रो मान्नैपर्छ,प्यरो साथी फेसबुक।।

प्रकाशित: ६ आश्विन २०७८ ०९:१२ बुधबार