कला

मुसो र बिरालो

बालकविता

कमला घिमिरे

भकारीमा लुकीलुकी मुसाले धान खायो,

बदमास भइस् भन्दै बिरालोले समायो।

म्याँउ गरेको सुने मुसो दुलोभित्र लुक्दछ,

चुँचुँ आवाज आयो भने बिरालो त्यहीँ पुग्दछ।

 

चोरी खाने अनि लुक्ने मुसाको बानी नराम्रो,

कहिलेकाहीँ त लुगा पनि काटिदिन्छ हाम्रो।

त्यै बानीले मुसादेखि हामी दिक्क भयौं नि,

बुबु–माम ख्वाई पाल्न बिरालोलाई ल्यायौँ नि।

दूध–भात बाँडी खान बिरालोले जानेन,

अन्न चोरी नखा भन्दा मुसाले नि मानेन।

प्रकाशित: ६ आश्विन २०७८ ०४:५१ बुधबार

अक्षर