– प्रतिमा तामाङ
नचुडाऊ है मायाको माला मेरो
अनमोल मोती सरह छ।
हृदयमा लगाइराख यसलाई
यो त अलिपर नै छ।
दुख–दुखै बढे सोच्नु
यसले सम्झना गरेछ।
धेरै दिन विलीन गए
सोच्नु त्यो त मरेछ।
टाढाको कसलाई थाहा
कुन बेला के हुने हो।
फिकर त्यसै नगर तिमी
भेट त अवश्यै हो।
– सिलगुरी,भारत।
प्रकाशित: ५ आश्विन २०७८ ०३:४७ मंगलबार