कला

सलमान खानलाई बिग बोस-१५ प्रस्तोताका लागि ३५० करोड भारु

बलिउड अभिनेता सलमान खानलाई बिग बोस–१५ को नयाँ सिजनको प्रस्तोता बन्नका लागि भारतीय ३५० करोड रुपैयाँ दिइने भएको छ।  

उनले केहि समय अघि १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग राखेका थिए। नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई उनले मागेको पारिश्रमिक दिइने भारतीय सञ्चार माध्यममा उल्लेख समाचारमा छ।

बिग बोस ओटीटी यही सेप्टेम्बर १८ का गते सकिएको छ। त्यसपछि बिग बोस–१५ प्रशारण हुनेछ । नयाँ शोमा करण कुन्द्रा, मानव गोहिल, टिना दत्ता, अमित टन्डन, रीम शेख, सिंबा नागपाल जस्ता सेलेब्रिटीहरु सहभागी हुन सक्ने दैनिक भास्करले उल्लेख गरेको छ।

सलमान खानले नयाँ सिजनका लागि प्रतिस्पर्धीहरुको चयन गर्न मुश्किल भएको बताए। उनले शोको नयाँ सिजनको प्रोमो अभिनेत्री रेखाको आवाजबाट सुरु गरिने बताएका छन्।

प्रकाशित: ४ आश्विन २०७८ १०:४० सोमबार

बलिउड स्टार सलमान खान