कला

फूलमा भुल्यो मौरी भने

गीत

बोधराज पौडेल

 

फूलमा भुल्यो मौरी भने ननिस्कने रै’छ,

उनको मेरो माया किन आज यस्तै भै’छ।

 

हाँसो–खुसी रमाएर सधैं ऊर्जा भर्नुपर्ने,

जित्नुपर्ने मनमा ला’को कुरा सबै गर्नुपर्ने।  

पीडा भुली कुरा गर्दा दिनै ढल्दो रै’छ,  

मन यति चंगा छ कि उड्दै माथि गै’छ।

 

जूनले पनि चिहाएर हेर्छ कहिलेकाहीँ,

आकृतिले झस्काउँछ अँगालोमा आई।

छुट्न खोजौं लहराले रुखलाई बेर्दै गै’छ,

गाह्रो छ हौ लहराले रुख ढाल्ने रै’छ।

प्रकाशित: ४ आश्विन २०७८ ०७:०५ सोमबार

अक्षर