कला

नेपालकै ठूलो डान्स रियालिटी शो कार्तिक ११ बाट सुरु

आउँदो कार्तिक ११ गते बिहीबारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ।

इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ सुरु हुने भएको हो। उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ। कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.ले गर्ने भएको छ।  

काठमाडौंको द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो। कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रा.लिका अध्यक्ष रविन्द्रकुमार रिजालले यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइने बताए। उनले दशैँपछि रियालिटी शो सुरु हुने पनि बताए।

उक्त मेगा शो प्रत्येक बिहीबार र शुक्रबार गरी हप्ताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ। डान्स च्याम्पियनका निर्णयकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन्। त्यस्तै कार्यक्रम प्रश्तोताको रुपमा उमेश राई (फुलन्देकी आमा) रहेका छन्। ३२ भागको यो कार्यक्रम धनराशी २५ लाख रहेको छ।

प्रकाशित: ३१ भाद्र २०७८ १२:४१ बिहीबार

डान्स रियालिटी शो