कला

बालआवाज

कमला घिमिरे

 

सुन साथी सुन, एउटा कुरा सुन,

बालअधिकारका लागि पर्छ सचेत हुन।

गर्भैदेखि उचित स्याहारसुसार चाहिन्छ नि,

शारीरिक रूपमै तब  मजबुत भइन्छ नि।

जन्मेदेखि पाउनुपर्ने सबै अधिकार,

दिनुपर्छ समाजले सबैलाई बराबर।

पौष्टिक खाना, खोपहरू, उचित आहार सबै,

दिनुपर्छ बाआमाले चुक्नु हुन्न कवै।

शिक्षा, स्वास्थ्य अत्यावश्यक राष्ट्रले नि सोचोस्,

भविष्यका कर्णधार हौं, निर्माता हौं बुझोस्।

बालबालिकालाई सही लगानी गर्न सके अहिले,

असल नागरिक उत्पादन हुन्छन् बुझ्नुपर्छ जहिले।

शुभेच्छा र शुभकामना सबैलाई दिँदै,

बिदा हुन्छु अग्रजहरूको आशीर्वाद लिँदै।

प्रकाशित: ३० भाद्र २०७८ ०४:०४ बुधबार

अक्षर