कला

कहिलेकाहीँ भुराको नि, कुरा हुन्छ राम्रो

विश्वविनोद

ठूलो दाजु ल्यापटपमा, दिदी टिभी हेर्ने,

मैले कार्टुन हेर्दाखेरि, झ्याप्पै च्यानल फेर्ने।

आमा भने घोप्टेमुन्टो, मोबाइलमा व्यस्त,

बाबा भुल्ने गफै गफमा, सबै आफैं मस्त

 

हजुरआमा पुजापाठ, धुपदिप गर्ने,

हजुरबाबा चुरोट खाई, धुवाँ मात्र छर्ने।

हामा घरका सबै ठूला, किन गर्नु कुरा,

मेरो कुरा कस्ले सुन्ने, म त परेँ भुरा।

 

झोलुङ्गोमा भाइ सुत्छ, हल्लाउनुपर्छ,

मलाई वास्ता नगरिँदा, आँसु त्यसै झर्छ।

आफ्नो–आफ्नो कुरा छाडी, कुरा सुनौ हाम्रो,

कहिलेकाहीं भुराको नि, कुरा हुन्छ राम्रो।

प्रकाशित: २८ भाद्र २०७८ ०५:३७ सोमबार

अक्षर