कला

सल्किन्छ भित्रभित्रै, आगो रहेछ माया

गजल

नवराज न्यौपाने ’मौन’  

 

सल्किन्छ भित्रभित्रै, आगो रहेछ माया,

जेलिन्छ जिन्दगानी , धागो रहेछ माया।

टिप्दै गएर भाषा , खिप्ने रहेछ गाथा,

निर्बन्ध भावनाको, छाँगो रहेछ माया।

बुन्दै अनन्त माया, सुन्दैछ गीत नौलो,

हजार पुष्प फुल्ने, हाँगो रहेछ माया।

बाँधेर एकताले, नाघेर साँध जम्मै,

धोएर वस्त्र राख्ने, टाँगो रहेछ माया।

उम्रन्छ आश नौलो, हुर्कन्छ प्रेमधारा,

धर्ती समान माटो , पाँगो रहेछ माया।  

प्रकाशित: २५ भाद्र २०७८ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App