सीता शर्मा
चरी!
तिमी के चाहन्छौं
मूल्यांकन आआफ्नै
सौन्दर्य विनिमय हुने बजारमा
तिम्रो जवानीको
हरकोणबाट मूल्य भो
कतै जवानीको,
कतै कर्तव्यको
ए मैना!
तिमी रोबर्ट हैन,
पिँजडा तोडेर
खुला आकाशमा
उडान भर्नु
यी नयन
तिम्रो स्वतन्त्रता हेर्न
लालायित छन्।
प्रकाशित: २१ भाद्र २०७८ ०७:३० सोमबार