कला

केही क्षणको भेटले नै जीवनभरि दुख दियो

आधुनिक गीत

एनवि दाहाल

 

केही क्षणको भेटले नै जीवनभरि दुख दियो,

सुख भनी खोज्दाखोज्दै नमेटिने उनको रूप भयो।

खोजिरहें सबैतिर साथीहरूलाई सोध्दै,

बसिरहें रातभरि आकाशका तारा गन्दै।

मुहार तिम्रो बहार थियो उजाड यो जीवनमा,

पिर–व्यथा आफैं मात्र उमेरको यो दौरानमा।

संसारको रित यस्तै मिलन–बिछोड भइरहने,

टाढा गयौ तिमी मात्र याद सधैं आइरहने।

प्रकाशित: २० भाद्र २०७८ ०६:५७ आइतबार

अक्षर