कला

हरिवंश र मिलनको 'ए कालु भेना'मा नाजिर र आंचल

वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा निकै सक्रिय रहेका छन्। उनको स्वर र अभिनयमा रहेको गीत 'माछीलाई खोलिको लेउ' केही समय अगाडि सार्वजनिक भएको थियो।

दर्शकको राम्रो साथ पाएको उक्त गीतपछि हरिवंशले अर्को गीत सार्वजनिक गरेका छन्। 'ए कालु भेना' बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएका छन्। गीतमा हरिवश आचार्यको नै शब्द र संगीत रहेको छ।  

गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ्ग रहेको छ।  

मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन्। हरिवंश आचार्य, नाजिर हुसेन, आंचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन्। गाउँघरको परिवेश र त्यहाँको माहोललाई समेटेर गम्भीरले भिडियोको निर्देशन र कोरियोग्राफी निकै आकर्षक गरेका छन्।

हरिवंशका गीत र भिडियोबाट अपेक्षित संदेश भिडियोमा प्राप्त गर्न सकिन्छ। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुप्रेंद्र अधिकारीले सम्पादन गरेका छन्। गज्जब टिभीको प्रस्तुती रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट रिलिज भएको छ।

प्रकाशित: १० भाद्र २०७८ १०:३२ बिहीबार

वरिष्ठ कलाकार हरिवंश आचार्य