कला

जनगायक जेबी टुहुरेको निधन

जनगायक जुठबहादुर खड्की 'जेबी टुहुरे' को निधन भएको छ। ७८ वर्षीय उनको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो।

भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए।  

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

प्रकाशित: १० भाद्र २०७८ ०८:२८ बिहीबार