कला

कोरोना दर्द यी चाडपर्व के भो र हर्ष ?

छेस्का

कमला देवकोटा

 १)

झर्नु र चढ्नु

जीवन हाम्रो

सूर्य र चन्द्र!

२)

नसिलाउनु

नमिसाउनु

आगो र पानी!

   ३)

अति भो जात्रा

फरक मात्रा

चुल्हो र दुनो!

  ४)

नमान डर

छैन है भर

स्वकर्म गर!

  ५)

भदौको मास

हरिया मकै

मही त्यो खास!

 ६)

कोरोना दर्द

यी  चाडपर्व

के भो र हर्ष ?

 ७)

भूगोल हाम्रो

समान छैन

अनेक एक!

  ८)

खण्ड भो हर

पशुका पति

लौ एक पार!

 ९)

रोजौं है बरु

रिस खा आफू

बुद्धि खा अरू।

१०)

नेताको चाल

जनता ढाड

पाषाण ढाल!

  – तानसेन, पाल्पा।

प्रकाशित: १० भाद्र २०७८ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App