कला

सपनाहरू बाँड्छन्,खुसी उनकै झोलामा हुन्छ,

गजल

चिरञ्जीवी ढकाल

 

सपनाहरू बाँड्छन्,खुसी उनकै झोलामा हुन्छ,

हातमा सत्ता पुग्यो, अनि नजर खोलामा हुन्छ।

 

राष्ट्रियताको स्वाङ रच्दछन्,मायक समाउँदा,

राष्ट्रको स्वाभिमान भने,सदैव डोलामा हुन्छ।

 

आचार सदाचारको कुरा,गरेर थाक्दैन जो,

नियालेर हेर्नुहोस्,उसकै आँखा चोलामा हुन्छ।

 

चुनावताका निकै फरासिलो,देखिने मान्छेकै,

जितेर गएपछि, बोलीको भाउ तोलामा हुन्छ।

 

गफ चुटेर खाने मान्छे,रातो कार्पेटमा हिँड्छ,

देश बनाउनेको पाउ,आगोको सोलामा हुन्छ।                  

प्रकाशित: १० भाद्र २०७८ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App