कला

विश्व संस्कृति दिवसको अवसरमाअन्तर्राष्ट्रिय सेमिनार

विश्व संस्कृति दिवसको अवसरमा वेदको भाषा संस्कृतीको महत्वलाई प्रकाशमा ल्याउन संस्कृत: पूर्वीय संस्कृतिको स्रोत शीर्षकमा मंगलबार अन्तर्राष्ट्रिय सेमिनारको आयोजना सम्पन्न भएकाे छ। 

भौतिक तथा भर्चुअल माध्यमबाट संचालन भएको कार्यक्रमा नेपालका लागि भारतका राजदूत श्रीविनय मोहन क्वात्राले उद्घाटन गरेका थिए। समारोहमा वाङ्गमय शताब्दी पुरुष सत्य मोहन जोशी, पद्मश्री पुरस्कार विजेता चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति रहेकाे थियो। 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गरेका थिए। सेमिनारमा नेपालका १५ संस्कृत विद्वानहरूले आफ्नो शोध पत्र प्रस्तुत गरे र भारत र विदेशका ३० भन्दा बढी विद्वान् हररूले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण,आयुर्वेद, ज्योतिष, र योग लगायत विभिन्न बिषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित थुप्रै संस्कृत विद्वान् हरूले सेमिनारमा विचार आदान प्रदान गरे। सेमिनारमा नेपाल, भारत लगायत अन्य मुलुक का ४५ विद्वान्हरुले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: ९ भाद्र २०७८ ०६:०७ बुधबार

विश्व संस्कृति दिवस अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न वाङ्गमय शताब्दी पुरुष सत्य मोहन जोशी प्रधानमन्त्री शेरबहादुर देउवा