कला

कुर्सीको खेल गठबन्धन जाल र झेल !

छेस्का

किशन पौडेल 

  १)

सत्तामा जानी  

सबैको स्वार्थ  

छ खिचातानी ! 

  २)

कुर्सीको खेल  

गठबन्धन

जाल र झेल !

 ३)

भरियो घृणा  

यी नेता देख्दा  

हरायो श्रद्धा !

   ४)

सत्तामा जाऊ  

देश, जनता  

लुटेर खाऊ !

  ५)

भ्रष्टहरूको  

हालीमुहाली  

दुष्टहरूको !  

  ६)

फेरिन्छ पात्र

चरित्र उस्तै

निराशा मात्र!

 ७)

बोल्दैन लाटो  

खोल्दैन कुरा  

मनको बाठो !

 ८)

नबुझ्ने भाषा  

कसरी बुझ्ने  

तिम्रो इशारा!  

 ९)

घाम र छाया 

यो जिन्दगानी  

मोह र माया !

 १०)  

नभुल्नु बाटो  

दूर देशमा  

स्वदेशी माटो !

– हेटौंडा।

प्रकाशित: ४ भाद्र २०७८ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App