कला

विवेकशून्य सत्ता

साइनो

केशव ज्ञवाली 

         १)

भोकबिनाको मान्छे

छ र कोही दुनियाँमा?

जिन्दगी भोकमै छ धेरै!

   २)

पालना गर्दैनन् मान्छे  

प्रदीप्त शास्त्रका मर्म

लावारिसजस्तै  छन् मन्त्र!

 

 ३)

चुँडिएका कोपिला

गुम्यो जिन्दगी बिहानै

देख्नै पाएनन् दिउसो!

 

४)

विवेकशून्य सत्ता

भ्वाङ पर्दै छ चरित्र  

तिमी लुगा सिलाउँदै छौ!

 

५) जिउँछु भन्ने मान्छे  

मारिए धेरै प्रहर

ज्युँदै छ हत्यारा कोभिड!

प्रकाशित: ३२ श्रावण २०७८ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App