कला

कृष्ण बाउसेका दुई बालकविता

बालकविता

१) काग

 

कालो तनको

उज्ज्वल मनको

साथी हुँ जनको

काग ! काग ! काग !

काग ! काग ! काग !

 

रोगी तनको

फुर्ती धनको

खल्लोपन हो

काग ! काग ! काग !

काग ! काग ! काग !

 

 

दुषित हुनगो

हावा वनको

प्राणी रुनेभो

काग ! काग ! काग !

काग ! काग ! काग !

 

आफैँ बाटो

फोहोरी टाटो

शहरै लाटो !

काग ! काग ! काग !

काग ! काग ! काग !

ज्ञानी हुनु नै

मान्छे हुनु हो

ज्ञान कता गो ?

काग ! काग ! काग !

काग ! काग ! काग !

 

 २) भन्छु केही टुक्का

 

सुन साना साथी हो !

भन्छु केही टुक्का

जीवनमा नछुनु है

चुरोट खैनी हुक्का।

 

 खराब लत लाग्दछ

हुन खोजे फुक्का

पढ्न छाडी नखेल्नू

तास एक्का दुक्का।

 

आमाबाबा आफैँ हुन्

ममताका झुप्पा  

तिमीलाई मीठो दिई

खान्छन् रुक्खा सुक्खा।

 

ज्ञानी बनी समाऊ

सफलताका टुप्पा

जगतले तिमीलाई  

खान्छ सधैँ चुप्पा।

प्रकाशित: ३२ श्रावण २०७८ ०६:१० सोमबार

अक्षर