शोभा पौेडल
सूर्य निस्क्यो मेटायो अँध्यारो,
हेर बाबुनानी हो भयो उज्यालो।
सुत्नु हुन्न धेरै उठ है सबेर,
सुन्दर समय फाल्नु हुन्न खेर।
आलस्य र अल्छीपनालाई हटाई,
रिसराग र घमण्ड टुटाई।
आयो मीठो हावाको झोका,
हुनुपर्छ सबै ज्ञानको भोका।
लिएर उच्च विचार उठ,
साकार पार्न भविष्य सबै मिली जुट।
प्रकाशित: ३२ श्रावण २०७८ ०५:४१ सोमबार