होमनाथ खनाल
मनको आकाश खुला थियो, छेक्ने थिएन केही,
हाँसेको थियो यो मन सधैं, चिन्ता थिएन केही।
बादल थिएन आकाशमा, घाम लागेको थियो,
प्रकृतिको सौन्दर्य झन् , बढ्दै गाको थियो।
वारिपारि छर्लङ्गै थियो, छेक्या थिएन केहीले,
हृदयको कुनाकुना हांसेको थियो जहिले।
कस्तो राम्रो कस्तो मिठो, कस्तो सुन्दर माया,
जिन्दगीभर कहिलै पनि, नपरो है छायाँ।
त्यो मन हाँसोस् सधैभरि, प्रसन्न होस् मन,
संसारमा शान्तिभन्दा, छैन ठुलो धन।
जहाँ छ माया हुन्न त्यहाँ छाया, बादल आए पनि,
अमरअमर भई बाँच्छ , साँचो माया अनि।
मायालु छ दयालु छ, कोमल तिम्रो मन,
तिम्रो उच्च सोचको सधैं, सम्मान गर्छन् जन।
– २०७८, श्रावण २७ गते मंगलबार, देवीनगर १०, काठमाडौं।
प्रकाशित: ३० श्रावण २०७८ ०४:५५ शनिबार