कला

भाकल

लघुकथा

 गीता तिवारी 

 

–आमा छोड्नुस यो व्रतसर्त , यो सब तपाईंहरूप्रतिको धार्मिक शोषण हो। विमलले आमा र काकीलाई मन्दिर जाने बेलामा बाटो छेक्दै भन्यो– अनि महिलालाई श्रृङ्गारपटार गर्न लगाएर कठपुतली बनाएर राखे। यी गरगहना भन्ने सबै दासताको प्रतीक हुन्।

उसले अझै सम्झाउने कोसिस गर्यो– अब हाम्रा आमा र दिदीबहिनीहरू चुप लागेर बस्नु हुँदैन। हामी जहाँ छौं त्यहीँबाट आफ्नो अधिकार प्राप्तिको लड्ने बेला आएको छ भन्दै विमलले निकै क्रान्तिकारी कुरा गर्यो।

अचानक ऊ गाउँमा देखिएन। सबैले ऊ आन्दोलनमा लागेर भूमिगत भयो भने।

केही समयपछि ऊ गाउँमा फर्कियो। गाउँमा आउँदा श्रीमती र काखामा सानो छोरो च्यापेर आएको थियो। सामान्य पहिरनमा देखिने उसकी श्रीमतीले कहिल्यै निधारमा टीका र गलामा पोते लाउँथिन। यी सबैलाई उसले पनि दासताको प्रतीक भन्थी। मन्दिर जानु र पूजापाठ गर्नुलाई उसले आडम्बर भनेर ऊ कहिल्यै मन्दिर गइन्।

आन्दोलन सकियो। आन्दोलनमा लागेकाहरू धेरैले यथासक्य पद पाए। विमलले पनि भनसुनको आधारमा श्रीमतीलाई जागीर ख्वायो । एकदिन बिहान मन्दिरमा पूजा गर्नेहरूको लामो लाइनमा विमललाई देखें। उसले एउटा पाठो डोर्याएको थियो भने उसकी श्रीमतीले पूजाको थाली लिएर उभिएकी थिई।

–अरे विमल, तिमी यहाँ ! मैले आश्चार्य मान्दै उसलाई धाप मारे।

– यार ! भाकल छ रे ! त्यसैले यो पाठो डोर्याए् आएको।

प्रकाशित: २९ श्रावण २०७८ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App